मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कर्ण चन्द
२०७५ पौष २१ शनिबार १२:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

अनुभव साट्दै डोटी र बझाङका स्थानीय सरकार

Read Time : < 1 मिनेट
कर्ण चन्द
२०७५ पौष २१ शनिबार १२:५४:००

डोटीको सायल गाउँपालिका र बझाङको थलारा गाउँपालिकाले डेढ वर्षसम्म आफुले गरेका काम तथा चुनौती र अनुभव एक आपसमा आदान प्रदान गरेको छ । 

एकले गरेका राम्रा कामको अभ्यासलाई  अर्को गाउँपालिकामा पनि लागु गर्न सकिने भन्दै गाउँपालिकाबीच अनुभव आदानप्रदानको कार्यक्रम आयोजना गरीएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनले भने, हामी डोटी र बझाङको सिमानमा छौँ त्यसैले दुवैको अनुभब एक अर्काको लागि फलदायी हुनेछ ।’

थलारा गाउँपालिका र सायल गाउँपालिकाको बीचमा पर्ने मालिका गुरौँसेलेकमा थलारा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा दुबै गाउँपालिकाका प्रबक्ता तथा गाउँपालिका अध्यक्षले आफुले गरेका राम्रा काम तथा केही चुनौती सहितका अनुभब सुनाएको थलारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत संजिब न्यौपानेले बताए ।

सायलकोे नजरमा थलारा 
बझाङको थलारा गाउँपालिकाले गरेका धेरै काम सिकाईको रुपमा रहेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । ‘मलाई थलाराले होजियारी सुरु गरेर रोजरगार दिएको र अर्को कुरा खादाहरु आफ्नै उत्पादन रहेछ ।’ उनले भने ‘जेष्ठ नागरिकको नियमित स्वास्थ्य चेकजाँच गर्ने, कृषिमा आत्माभिर हुनेगरी कार्यक्रम गरेका रहेछन, नर्सरी आफ्नै बनाएका छन् र अन्य पनि धेरै राम्रा काम भएका रहेछन ।’ बझाङको थलारा गाउँपालिकाले गरेका राम्रा काम अर्को वर्ष सायलमा पनि प्रारम्भ गर्ने सोच रहेको उनले बताए । 

थलाराको नजरमा सायल गाउँपालिका
दुवै गाउँपालिकाको अनुभव आदान प्रदान एक राम्रो सिकाई रहेको थलारा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर उपाध्यायले बताए । ‘सायल गाउँपालिकाले टुहुरा बालबालिकालाई गाउँपालिकाले पढाएको काम राम्रोे लाग्यो, शिक्षामा सुधार गर्न विद्यार्थी अनुसारको शिक्षकको व्यवस्था, सुत्केरी महिलाको लागि पोषण भत्ताको व्यवस्था राम्रा काम लाग्यो । उनले भने , ‘ अर्गानिक आलु तथा बिउ उत्पादन गर्र्ने जस्ता कामहरु सिकाईको रुपमा रहेको छ ।’