मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २४ शुक्रबार १६:३५:००
Read Time : < 1 मिनेट
विश्व

८ महिनामा चीन सरकार किन्यो १० टन सुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २४ शुक्रबार १६:३५:००

पछिल्लो समय नेपालमा सुनको मूल्य बढेर तोलाको ७० हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा सुनमा बाउ बढेर उच्च बिन्दुमा पुग्दा चीन सरकारले भने सुनको भण्डारमा तिव्र बनाएको छ । 

चीनले ८ महिनाको अवधिमा करिब १० टन सुन खरिद गरेको छ । ‘पिपुल्स बैंक अफ चाइना’का अनुसार चीनको सुन भण्डार करिब १९४५ टन (६२.२६ आउन्स) पुगेको छ । जसको मूल्य करिब ९० बिलियन डलर रहेको छ ।  

यस्तो छ कारण

चीन सरकारले सुन खरिद गर्नु बिना कारण होइन, यसको केही कारण रहेको छ । विश्व बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । वर्तमान अवस्थामा सुनको मूल्य पछिल्लो ६ वर्षकै सबैभन्दा उच्च हो । चीनले सुन खरिद गर्नुको कारण ‘सोसिएट जनरल’अनुसार अमेरिकासँग अर्थ व्यवस्थाको हैसियत बराबर गराउनु रहेको छ ।

अमेरिका र चीनबीच पछिल्लो समय व्यापारिक युद्ध चलिरहेको छ । जसमा चीनको अर्थ व्यवास्थामा कमी भइरहेको छ । यसको निराकरण गर्न चीनको केन्द्रीय बैंकले ब्याज दर कम गरिदिएको छ । यसका साथै उच्च मात्रामा सुन खरिद गर्दै आएको छ । एजेन्सी