१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण २४ शुक्रबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार

नेपालगञ्जको ८ फर्निचर उद्योगमा आगलागी

Read Time : < 1 मिनेट
२०७६ श्रावण २४ शुक्रबार ११:१५:००

नेपालगन्जमा बिहीबार राति भएको आगलागीको कारण तीन करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । रातको करिब ११ः१५ बजेको समयमा सुरु भएको आगो बिहान ४ बजेमात्र नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ । 

विपी चोकस्थित ए वान फर्निचरबाट सुरु भएको आगलागीले सँगै रहेको ८ वटा फर्निचर उद्योग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए । उनले आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बताउँदै आगलागीको कारण भने पत्ता नलागेको बताए । 

तीन वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए  ।