मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ११:४२:००
Read Time : > 4 मिनेट
विश्व

पाँच कलाकारको  नजरमा सन् २०१८

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ११:४२:००

‘अभिव्यक्ति स्वतन्त्रता’ (२०१८)
‘धार्मिक स्वतन्त्रता’ (२०१८)
‘चाहनाको स्वतन्त्रता’ (२०१८)
‘डरबाट स्वतन्त्रता’ (२०१८)

टर्निङ प्वाइन्टले पाँचजना कलाकारलाई सन् २०१८ लाई प्रतिबिम्बित हुने गरी एउटा सिर्जना रोज्न आग्रह गरेको थियो । 

‘हेभी रेज’ (२०१८)

 जोए ब्याटम्यान
जोए ब्याटम्यान बेलायतमा जन्मेका बहुआयामिक लेखक हुन् । उनी नारीवाद, समानता र मृत्युदरमा केन्द्रित छन् ।

२०१८ मा अमेरिकाका अनलाइन र सञ्चारमाध्यम जताततै ‘बलात्कार,’ ‘उत्पीडन’ र ‘दुव्र्यवहार’जस्ता शब्द अपरिहार्यजस्तै बने । यस वर्ष कतिका टाउका छिनिए, कतिको जीवन बर्र्बाद भयो र यही वर्ष धेरै कथा छिटै बिर्सिए अर्थात् अविश्वसनीय क्रुर हर्कतहरू भए । वर्ष धेरै फाइदाको पछि कुद्यो । यो भुक्तानका लागि प्रयास गरिएको वर्ष र गलत तथा शून्य भुक्तान भएको वर्ष पनि हो । यो वर्ष दयनीय न्यायमा पनि त्यति धेरै गुज्रिएन । यो वर्ष महिलालाई अलिकति परिवर्तन भयो भनेर पाठ पढाइए पनि उनीहरू अझै सुरक्षित हुन सकेनन् । ‘एफबिआई अनुसन्धान’ त्रास र भयका लागि पर्यायवाचीजस्तै बन्यो । यो वर्ष मैले केही गर्व पनि महसुस गरेको छु जसले धेरै काम गरेर पनि असन्तुष्ट रहे । केही नयाँ चिजहरू सिको र केही पुरानाको याद पनि आयो । यस वर्ष ट्रिगर्स, अज्ञात चोटहरू, निवा विल्सन, ब्रेट कवानाघ र घृणाको वर्ष पनि रह्यो । 

‘फेसबुक’  (२०१७–१८)
जर्ज कोन्डो

जर्ज कोन्डो अमेरिकाका भिजुअल आर्टिस्ट हुन् । उनका अमूर्त पेन्टिङ र पोट्रेटहरू काल्पनिक पात्र र विभिन्न स्रोतमा आधारित हुन्छन् । उनका सिर्जनाका संग्रहहरू न्युयोर्क महानगरको आधुनिक म्युजियम, लन्डनको टेट मोर्डन म्युजियम र अन्य ठाउँमा पनि हेर्न पाइन्छ ।

गएका केही वर्षदेखि मेरा सिर्जना विश्वका पेरिस, एथेन्स, हङकङ, डेनमार्क, वासिङटन डिसीलगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । यात्राका क्रममा अन्तर्वार्ताकारले मलाई अमेरिकी राजनीतिमाथिको मेरो धारणाबारे प्रश्न गर्छन् । के अमेरिकाले फेक न्युजको सामना ग-यो ? के गलत समाचार नै यथार्थ बन्यो ? वास्तविक समस्या के थियो भन्ने सबै जान्न चाहन्छन् । 

कलात्मक सिद्धान्तबारे मैले सन् १९८८ मा एउटा छोटो निबन्ध लेखेको थिएँ । जसमा मैले भन्ने गरेको ‘आर्टिफिसियल रियालिज्म’ मेरो पेन्टिङमा प्रयोग गर्ने गरेको कलात्मक शैली र ‘कृत्रिम माध्यमबाट वास्तविकतालाई उतार्ने’ विषयमा छलफल गरेको थिएँ । 

गएको ३० वर्षमा विश्व–राजनीतिलाई हातमा लिनका लागि ‘आर्टिफिसियल रियालिज्म (कृत्रिम यथार्थवाद)’लाई कलाको क्षेत्रबाट बाहिर धकेलिएको छ । सत्यको क्षेत्रमा विस्फोटक परमाणु सेट गरिएको छ । सन् २०१८ मा सत्यको विनाश नै गरिएको छ भन्दा पनि हुन्छ । आर्टिफिसियल रियालिज्मको उदय हुनुमा सोसल मिडिया नै मुख्य दोषी हो ।

अहिलेको राजनीतिको सन्देश भनेको डर हो र दुर्भाग्यवश डरले काम गरिरहेको छ । तर, सामान्यतया हामी डराउन छोड्यौँ भने पनि यसलाई नियन्त्रणमा लिन सक्छौँ । कला हाम्रो अन्तिम यथार्थ अनुभवका रूपमा उभिएको छ । अब कलाकारले आफ्नो ब्रस राज्यलाई देखाएर भन्नैपर्छ, ‘हामीलाई ढाँट्न बन्द गर !’

‘स्याडोज’ (२०१४)
 अल्फर्डो जार

अल्फर्डो जार चिलीमा जन्मिएका लेखक हुन् । उनी सामाजिक अन्याय, असमानता र समाजशास्त्रीय विभाजनका मुद्दामा लेख्छन् । उनले पछिल्लो समय रुवान्डा नरसंहार र संयुक्त राज्य अमेरिकाको आप्रवासन समस्यासम्बन्धी काम गरेका छन् ।

जर्मन फोटोपत्रकार कोएन वेसिङले खिचेको यो तस्बिर मैले आजसम्म देखेका दुःखको सबैभन्दा गहिरो अभिव्यक्ति हो । यो तस्बिर नाकारागुआको एस्टेलीमा सन् १९७८ ताका सोमोजा शासकविरुद्धको विद्रोहमा बुबाको मृत्युको खबर पाएपछि दुई दिदीबहिनी भावविह्वल भएको अवस्थामा खिचिएको थियो । विसिङको यो फोटोले मेरो २०१४ मा रचिएको ‘स्याडोज’को सुरुवातका लागि तथा अर्को काममा शक्ति र राजनीतिको प्रतीकका रूपमा काम ग-यो ।

अहिले पनि जतिवेला म आप्रवासी परिवार छुटेको खबर पढ्छु, यो फोटो सम्झिन्छु । जब बच्चा आमाबाट जबर्जस्ती छुटाइएको खबर पढ्छु, म यो फोटो सम्झिन्छु । जब बच्चा घरमा पिँजडामा जस्तै– थुनिएका खबर पढ्छु, म यही फोटो सम्झिन्छु । जब कोही आमा आफ्नो बच्चा फिर्ता पाउनका लागि याचना गरिरहेको पढ्छु, म फेरि पनि त्यही फोटो सम्झिन्छु । चिलीमा अगस्टो पिनोचेटको अधिनायकवाद चलिरहेका वेला म युवा भएर पनि बाचेँ । पछि सन् १९९४ मा म रुवान्डा घुम्न गएको थिएँ, जतिवेला सय दिनमा १० लाख मान्छे मारिएका थिए । र आज पनि संयुक्त राज्य अमेरिकामा ट्रम्प प्रशासनले निर्दोष आप्रवासी बालबालिकाविरुद्ध गरेको क्रुर कार्यले मलाई छुन्छ ।यस्तो अँध्यरो समयमा म रुसी कवि अन्ना अख्मोतोवाको एउटा कविता ‘रिकिम’मा शरणार्थीलाई खोजिरहेको हुन्छु :

आज मसँग गर्नलाई धेरै काम छ
मलाई त्यो हत्यारा स्मृति चाहिएको छ
मेरो जीवित आत्मालाई पत्थरमा बदल
र मलाई फेरि बाँच्न सिकाऊ ।

‘किप योर ह्यान्ड्स टु योर्सेल्फ (अपने हात, अपने पास) (२०१८)
 साबा खान

सबा खान सामाजिक वर्ग, लोकप्रिय संस्कृति र समकालीन पाकिस्तानको धर्मबारे भिजुअल काम गर्छिन् । साथै पाकिस्तानको नेसनल कलेज अफ आर्टस्मा प्राध्यापन गर्छिन् भने उनी कलाकारले चलाएको मुर्रे म्युजियम आर्टिस्टकी संस्थापक पनि हुन् ।

पाकिस्तानमा मध्यम वर्ग उदय भएसँगै लगातार बढ्दो मात्रामा महिलाहरू बलिया काममा सहभागी भइरहेका छन् । विश्व बैंकका अनुसार पाकिस्तानी महिलाले देशको २२ प्रतिशत श्रमिकको स्थान ओगटेका छन् । यद्यपि, अफगानस्तानबाहेक दक्षिण एसियाली छिमेकी मुलुकको तुलनामा यो संख्या कमै हो । फेरि पनि यसले महिलाहरू पारस्परिक तरिकाले घरमा काम गर्ने देशमा भएको नाटकीय परिवर्तनको प्रतिनिधित्व गरिरहेको छ ।

महिला कामदारको संख्या बढेसँगै कार्यक्षेत्रमा यौन उत्पीडनबारे पनि सचेतना बढिरहेको रहेको छ । कार्यक्षेत्रमा हुने यौन उत्पीडनलाई अपराध मानिने कानुन सन् २०१० मा पारित भएसँगै पाकिस्तानमा आफ्नै ‘मी टु मुभमेन्ट’का लागि मार्गप्रशस्त गरिदिएको थियो । आज पीडितहरू यस्ता दुव्र्यवहारविरुद्ध लडिरहेका छन् र सोसल मिडियालाई प्रयोग गरेर न्यायको खोजी गरिरहेका छन् । यही वर्षको सुरुवातमा रावलपिन्डीको नेसनल कलेज अफ आर्टस्का डिरेक्टरमाथि यौन उत्पीडनको आरोप लागेपछि उनले राजीनामा दिनुपरेको छ । साथै गत अप्रिलमा चर्चित गायिका तथा अभिनेत्री मिसा सफीले आफ्नै एकजना पपस्टार साथीविरुद्ध ट्विटरबाट यौन उत्पीडनको आरोप लगाइन् । तर, उनले त्यसलाई अस्वीकार गरे । 

मेरो कृति उर्दू उपन्यासको कभरबाट प्रेरित २०१८ मा पाकिस्तानी महिलालाई यौन उत्पीडनबाट टाढा राख्नका लागि गरिएको एउटा प्रयास हो । जहाँ पाकिस्तानी महिला र पुरुषले लगाउने लुगामार्फत उनीहरूको सामाजिक प्रतिनिधित्वलाई देखाउने कोसिस गरेको छु । महिलाले लगाउने दुपट्टा र पाकिस्तानी पुरुषले लगाउने खुला खालको पाइन्टको प्रयोग गरेर पाठकलाई ‘अपने हात, अपने पास’ भन्ने सन्देश दिन प्रयास गरेको छु । कथामा दुई महिला पात्र कसरी पितृसत्तात्मक समाजबाट मुक्त हुन्छन् भनेर उतारेको छु ।

 ह्यांक विलिस थोमस
ह्यांक विलिस थोमस लोकप्रिय संस्कृति, आमसञ्चार र प्रतिस्पर्धाको अवधारणा खोजी गर्ने कलाकार हुन् । उनी अमेरिकामा कलाको माध्यमबाट नागरिक सहभागिता बढाउनका लागि खोलिएको एउटा संस्थाका सहसंस्थापक पनि हुन् । सन् २०१८ मा मध्यावधि चुनावभन्दा अघि राजनीतिक बहसका लागि ५० बढी राज्यमा स्वतन्त्रताका लागि छलफल, अन्तक्र्रिया र प्रदर्शनका कार्यक्रम गरेका थिए ।

राष्ट्रपति फ्र्यांन्कलिन डी रुजवेल्टले सन् १९४१ मा स्टेट अफ युनियनलाई सम्बोधन गर्ने क्रममा चारवटा मुख्य मानव स्वतन्त्रतामाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए । अभिव्यक्ति स्वतन्त्रा, धार्मिक स्वतन्त्रता, चाहनाको स्वतन्त्रता र डरको स्वतन्त्रता । दुई वर्षपछि नोर्मन रकवेलले रुजवेल्टको सिद्धान्तलाई तेलले एउटा सिरिज पेन्टिङ गरेका थिए । जुन ‘द स्याटर्डे इभिनिङ’मा प्रकाशित भएको थियो भने पछि युद्धमा बिक्री पनि गरिएको थियो । 

मलाई केही वर्षअघि रकवेलको प्रतीकात्मक ‘चार स्वतन्त्रता’माथि गरिएका कार्य प्राप्त भए । म ती तस्बिरको सुन्दरता देखेर आश्चर्यचकित भएँ, जसले आदर्श अमेरिकी मान्यता, सुरक्षा, विश्वास र स्वतन्त्रतालाई प्रतिनिधित्व गरेका थिए । म ती थाहा नपाएको अमेरिकाको जातीय र सांस्कृतिक विविधता देखेर आश्चर्यचकित भएको थिएँ । रकवेलको दृष्टिमा जुन ‘ह्वाइट एंग्लो स्याक्सन प्रोटेस्टेन्ट’ प्रतिको मान्यता देखिएको थियो, त्यो रुजवेल्टको दृष्टिमा पनि सायद थियो होला । यदि अपेक्षा राखेको भए अरू सबै अमरिकन, ल्याटिनी, एसियन, अफ्रिकन, क्याथोलिक, यहुदी, मुस्लिम र एलजिबिटीले त्यो स्वतन्त्रतालाई उपभोग गर्थे होला । मैले आफैँलाई सोधेँ, यदि रकवेलले अमेरिकाको सबै विविधतालाई प्रतिबिम्बित गरेको भए कस्तो देखिन्थ्यो होला ?

मेरा मित्र इमिली सुरको सहयोगमा मैले यसको जवाफ दिने कोसिस गरेको छु । हामीले रकवेलको पेन्टिङलाई फोटोग्राफमा पुनरुत्पादन गरेका छौँ । ओरिजिनल काम भएको ७५ वार्षिकी र अमेरिका जहाँ हरेक सामाजिक स्थिति, जातीय पृष्ठभूमि र मान्यताको प्रतिनिधित्वलाई स्थान दिइन्छ भनेर चिनाउनका लागि यो काम गरिएको हो । यस्तो बहुलतालाई प्रतिबिम्बित गर्नका लागि हामीले रकवेलको पेन्टिङको धेरै संस्करण बनाएर विविधता देखाएका छौँ । हामीले उत्पादन गरेका ८० भन्दा बढी फोटोमध्ये यहाँ करिब ४ वटा तस्बिर देख्न सक्नुहुनेछ । सन् २०१८ मा तस्बिरमा जीवन्त देखिएको अमेरिका रकवेलको समयको भन्दा निकै खतरामा छ । पहिलेभन्दा अहिले के याद राख्न जरुरी छ भने ‘प्रगति एउटा यात्रा हो र बाटो निर्माणधीन छ ।’