Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ श्रावण २३ बिहीबार ०७:४४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

गर्भावस्थामा हुने थाइराइड र उपचार

Read Time : < 1 मिनेट
२०७६ श्रावण २३ बिहीबार ०७:४४:००
  •  थाइराइड हार्मोन हाम्रो शरीरका लागि अति आवश्यक हार्मोन हो । जसले शरीरमा मेटाबोलिज्म अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्छ ।
  •  थाइराइड ग्रन्थी हाम्रो घाँटीको तलपट्टि हुन्छ, जसले हर्मोन उत्पादन गर्छ । थाइराइडको समस्या हार्मोन अति धेरै वा कम भएमा देखिन्छ । हर्मोन बढी हुनुलाई हाइपरथाइराइडिजम र कम हुनुलाई हाइपोथाइराइडिजम भनिन्छ ।
  •  पछिल्लो समय अधिकांश व्यक्तिमा हुने थाइराइडको समस्या हाइपोथाइराइडिज्म हो । गर्भावस्थामा पनि यो थाइराइडको समस्या हुन सक्छ । गर्भमा रहेको बच्चाले हार्मोन खपत गर्ने भएकाले गर्भवती महिलालाई बढी थाइरोक्सिन हर्मोनको आवश्यकता पर्ने गर्छ । 
  •  प्रतिरोधी क्षमतामा गडबडी हुनु पनि हाइपोथाइराइडिज्मको मुख्य कारण हो । कतिपय समयमा शरीरमा प्रतिरोधी क्षमता आवश्यकभन्दा बढी भएमा समेत स्वास्थ्यमा हानि गरिरहेको हुन्छ । शरीरमा प्रतिरोधी क्षमता बढी भएमा हर्मोनविरुद्ध एन्टिबडी नामक तत्व उत्पादन हुन्छ । यसले हर्मोनको मात्रालाई घटाउँछ । 

थाइराइडले समस्या

  •  गर्भावस्थामा हुने थाइराइड आमा र बच्चा दुवैका लागि घातक हुन सक्छ । हाइपोथाइराइडिज्म भएका गर्भवती महिलामा गर्भपतन हुने, ब्लड प्रेसर बढ्ने, शरीरमा रगतको कमी हुने, हात–खुट्टा सुन्निनेजस्ता समस्या देखिन्छन् । त्यस्तै, थाइराइडको समस्याले गर्भावस्थामा मधुमेहको समस्या पनि हुने गर्छ । 
  •  गर्भावस्थामा हुने थाइराइडले बच्चामा पनि असर गर्छ । समय नपुग्दै बच्चा जन्मिने, बच्चा कम तौलको हुने, जन्मिनेबित्तिकै श्वास–प्रश्वासमा समस्या देखिने, जन्डिस देखिने र बच्चा सुस्तमनिस्थितिको जन्मिने सम्भावना बढी हुने गर्छ ।

उपचार विधि 

  •  गर्भवती हुनुभन्दा अगाडि नै थाइराइडको चेकजाँच गराउनुपर्छ । पहिलेदेखि नै थाइराइडको समस्या भएकाहरूले औषधिको सेवन गरेर सामान्य अवस्थामा आइसकेपछि मात्र गर्भधारण गर्नुपर्छ ।
  •  थाइराइडको समस्या भइहालेमा थाइरोक्सिन नामक औषधि सेवन गर्न सकिन्छ । 
  • यस्तै, शरीरमा आयोडिनको कमी हुन दिनुहँुदैन । गर्भवतीले नियमित पौष्टिक आहार सेवन गर्नुपर्छ ।