Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०८:४९:००
साहित्य

एकैदिन ६ पुस्तक सार्वजनिक

नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०८:४९:००

साहित्यकार इन्दु पन्तका चार कृति– ‘उल्लास’, बालकृति ‘कमिलाको ताँती’, ‘रंगको कहानी’ र ‘द म्याजिक स्पोन’ एक साथ सार्वजनिक गरिएको छ । कार्यक्रममा निरञ्जन पन्तको ‘निक्षिप्त रक्तबीज’ उपन्याससमेत सार्वजनिक गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पुस्तक सार्वजनिक कार्यक्रमका सभापति प्राध्यापक राजेन्द्र सुवेदी, प्राध्यापक गोपीकृष्ण शर्मा, डा. लेख निरौलालगायतले पुस्तक सार्वजनिक गरेका हुन् । 

शुक्रबारै बागबजारमा आयोजित कार्यक्रममा डा. शान्ति गिरीको समालोचना कृति ‘आधुनिक नेपाली कथामा अभिघात’ सार्वजनिक भयो । प्राडा वासुदेव त्रिपाठी, प्राडा अभि सुवेदी, प्राडा ताराकान्त पाण्डेयलगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।