मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ०८:०२:००
Read Time : < 1 मिनेट
सप्तरंग

पहिलो नाटकमा नै पुरस्कृत भएँ : सरिता गिरी

टर्निङ प्वाइन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २२ बुधबार ०८:०२:००

वीरेन्द्र हमालको चाहनाचाहिँ पहिल्यैदेखि मलाई थिएटरमा ल्याउने थियो । उहाँ मेरो अंकल । एसएलसी दिएपछिको बिदामा वीरेन्द्र अंकलको ‘एम आर्ट’मा नाटक सिक्न गएँ । त्यहीबीचमा पोखरामा थिएटर कम्पिटिसन भयो । मैले पहिलोपटक दर्शकका अगाडि नाटकमा अभिनय गरेको त्यहीँ हो । ‘पत्थरको कथा’ नाटक थियो । लेखक विजय मल्ल र निर्देशक वीरेन्द्र हमाल । 

नाटक गरिसकेपछि यति धेरै ताली बज्यो, म त दंग भएँ । त्यसपछि नाटक खेल्दा दर्शकको माया, हौसला पाइने रहेछ भनेर महसुस भयो । नाटकबाट नयाँ कलाकारको पुरस्कार पाएकी थिएँ । मेरो पहिलो टर्निङ प्वाइन्ट पनि यही हो । 

मैले वीरेन्द्र हमालको निर्देशनमा ‘स्वास्नी मान्छे’ नाटकमा एकल अभिनय गरेँ । एकदम राम्रो भयो । सात हजार राशिको पुरस्कार पाएँ, जसले मलाई थप हौसला मिल्यो । 

हरेक वर्ष एकेडेमीमा ‘बालकृष्ण सम’ महोत्सव हुन्थ्यो । विभिन्न नाटक मञ्चन हुन्थ्यो । मैले पनि वीरेन्द्र हमालको निर्देशनमा ‘स्वास्नी मान्छे’ नाटकमा एकल अभिनय गरेँ । एकदम राम्रो भयो । सात हजार राशिको पुरस्कार पाएँ, जसले मलाई थप हौसला मिल्यो । 

एम आर्टमा हुँदा सुनील पोख्रेल सरले वीरेन्द्र अंकललाई आफ्नो नाटक पढाउने कन्सेप्ट सुनाउनुभएछ । मलगायत कमलमणि नेपाल, राजन खतिवडा, सौगात मल्लहरू त्यहाँ सँगै पढ्ने भयौँ । मैले त्यहाँ दुई वर्ष होस्टेल बसेर पढेँ । त्यहाँ पढ्दापढ्दै नाटक देखाउन धेरै देश गयौँ । गुरुकुल मेरो जीवनको अर्को टर्निङ प्वाइन्ट हो ।