मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २१ मंगलबार १४:०५:००
Read Time : > 1 मिनेट
समाचार

अविरल वर्षाले महेन्द्रनगर बजार डुबान

Read Time : > 1 मिनेट
२०७६ श्रावण २१ मंगलबार १४:०५:००

मंगलबार बिहान ३ बजेदेखि कञ्चनपुरमा परेको वर्षाका कारण जिल्ला सदरमुकाम महेन्द्रनगर बजार डुबानमा परेको छ । भीमदत्त नगरपालिका क्षेत्रका शहरी तथा बजारका बस्ती डुबानमा परेको हो । 

चुरे भएर बग्ने नदीखोला तथा खहरे खोलाबाट आउने निकास नहुँदा मुख्य गरेर महेन्द्रनगर बजार क्षेत्रमा पानी अझै थुनिएको छ । अनियन्त्रित रुपमा बनेका संरचनाका कारण पनि जताजतै पानी थुनिएपछि बजार क्षेत्र डुबानमा परेको हो । तर, जिल्ला सदरमुकाम डुवान तथा जलमग्न भइरहेका बेला अन्य ग्रामिण भेगमा भने वर्षा भएपनि सुख्खै छ । बजार क्षेत्रका केही स्थानीयको घरमा पानी पसेको छ । 

कञ्चनपुरका नागरिक अगुवा प्रभुनिधी पन्तले बजार क्षेत्रको जमिन जताततै सिमेन्ट र  ग्रामीण भेग माटै माटोले भरिएकाले बजार क्षेत्र डुवान र ग्रामीण भेगतिर डुबान नभएको बताए । उनका अनुसार शहरी क्षेत्र डुबान र ग्रामीण भेग कटानीको उच्च जोखिममा छन् । 

महेन्द्रनगरका स्थानीय नविन भट्टले भीमदत्त नगरपालिका–४ बजार, ६ ऐठपुर, १८, २ उल्टाखाम, १० जिमुवा टोल, भगतपुर, बागबानी डुवान परेको बताए । यस्तै भीमदत्त नगरपालिका ११ मा पनि डुवानमा परेको स्थानीय युवा बिक्रम बुढाले बताए । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अबिरल रुपमा वर्षा भएपछि सम्भावित घटना रोक्नका लागि प्रहरी परिचालन गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता गणेश बमले समान्य डुवान तथा जलमग्न भएको बताए । उनका अनुसार जलमग्न भएका क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ ।

बनबासा पुलमा ठूला सवारी साधनलाई रोक
नेपाल भारत जोड्ने महाकाली नदीमा निर्माण भएको बनबासा ब्यारेजमा ठूला सवारी साधन आवत जावतमा रोक लगाएको छ । 
महाकाली नदीको बहाव बढ्दै गएपछि बिहानैदेखि ठूला चार पाङग्रे सवारी साधनमा रोक लगाएको हो । सवारी साधनमा रोक लगाएपनि पैदल, साईकल, मोटरसाइकल भने आवत जावत गर्न दिएको छ । 

अविरल रुपमा वर्षा हुँदा नदी, खोला तटिय क्षेत्रका स्थानीय त्रसित भएका छन् । महाकाली, जोगबुढा, चौधरी, सुनबरा, मछेली, झर्नाखोला, खन्याखोला लगायतका साना तथा ठुला खोलानाला छेउछाउका बस्तीका स्थानीय त्रसित भएका हुन् । अविरल वर्षाका कारण किसानलाई भने धानका लागि राहत भएको छ ।