मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०६:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मेलम्ची खानेपानी आयोजना : सिएमसीका प्रतिनिधि नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २१ शनिबार ०६:१९:००

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेन्नाका प्रतिनिधि सोमबारसम्म नेपाल आइपुग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । कम्पनीको प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेलगायतको २७ जनाको टोली एकाएक फरार भएको थियो । नया“ वर्ष मनाउन भन्दै स्वदेश फर्किएको उनीहरूको  दाबी थियो । 

ठेकेदार कम्पनीका प्रतिनिधि नेपाल फर्किएपछि उनीहरूसँग वार्ता गरिने र कुरा मिले कम्पनीले निर्माणको काम अघि बढाउने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए । ‘सोमबारसम्म सबै फर्कने खबर पाएका छौँ । पहिला त हामी उहाँहरूसँग वार्तामा बस्छौँ,’ पन्तले भने, ‘आयोजनाको बाँकी काम सम्पन्न गर्न समय थपलगायत अन्य सर्त राख्छन् होला, कम्पनीको नाजायज सर्त मान्दैनौँ, सहमति भए  काम सुचारु हुनेछ ।’

यसअघि कम्पनीले डिसेम्बर १७ मा आयोजना सम्पन्न गर्न नसक्ने भन्दै कम्पनीले आयोजनालाई ठेक्का रद्द गर्न (लेटर टु टर्मिनेसन) बुझाएको थियो भने कम्पनीका सबै प्रतिनिधि आयोजनास्थल काठमाडौं आएपछि खानेपानी मन्त्रालयले गृह मन्त्रालयको सहयोगमा उनीहरूलाई देश छाड्न प्रतिबन्ध लगाएको थियो । पछि इटालियन दूतावासको पहलमा आयोजनाको बाँकी काम सम्पन्न गर्न कम्पनी सहमत भएपछि सरकारले कम्पनीका सबै प्रतिनिधिहरूलाई घर जान अनुमति दिएको थियो  । त्यस्तै, कम्पनीले नेपाली बैंकमा राखेको कुल धरौटी रकममध्ये ६० लाख युरो पनि आयोजनाले जफत गरिसकेको छ ।