मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार २१:३२:००
Read Time : < 1 मिनेट
समाचार

चन्दा उठाएको अभियोगमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार २१:३२:००

प्रहरीले चन्दा उठाएको अभियोगमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालार्इ पक्राउ गरेकाे छ । प्रहरीले उद्योगीसँग फिरौती रकम असुल्न खोज्ने विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग संलग्न तीन जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा दैलेख भगवतीमाई, ७ का ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर बुढा र गोरखा सुलीकोट,५ का ३१ वर्षीय विकास थापा रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले थापाथलीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले महिना दिन भित्र काठमाडौंका बिभिन्न सात व्यापारीसँग एक करोड रुपैयाँ भन्दा धेरै फिरौती रकम उठाइसकेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले भने, ‘यीनीहरुले एक महिना दिनको अवधिमा एक करोड रुपैयाँ भन्दा धेरै रकम उठाएका छन् । विशेष गरि हार्ड वेयर व्यापारिसँग रकम उठाइएकाे देखिएको छ । रकम नदिनेहरुलाई ज्यान मार्ने धम्कि दिने गरेको पनि पाइएको छ । सबै प्रमाणका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हो ।’

प्रहरीका अनुसार पक्राउ मध्ये लोकेन्द्र नेकपा विप्लव समुह निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य हुन् । त्यस्तै केशव अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत हाइड्रो तथा खानीको केन्द्रीय महासचिव हुन् भने विकास केन्द्रीय उपाध्यक्ष हुन् ।