१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ पौष २० शुक्रबार २१:०८:००
Read Time : < 1 मिनेट
विश्व

चीन र अमेरिकाले व्यापार युद्धबारे जनवरीमा वार्ता गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २० शुक्रबार २१:०८:००

चीन र अमेरिकीले चलिरहेकाे व्यापार युद्धबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल चीन जाने भएकाे छ । व्यापार विवादले विश्वको ध्यान चीन र अमेरिकातर्फ खिचिरहेका समयमा यही जनवरी ७ र ८ मा व्यापार विवाद लगायतका बिषयमा छलफल गर्न अमेरिकी टोली चीन आउने कार्यक्रम तय भएको रूसी समाचार संस्था स्पुतनिकले चीनको बाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएकाे छ ।  

विश्वका शक्तिशाली अर्थतन्त्र भएका यी दुई मुलुकका नेताबीच जी–ट्वान्टी सम्मेलनका शिलशिलामा अर्जेन्टिनामा भएको भेटवार्तापछि व्यापार विवाद अस्थायी रूपमा ९० दिनका लागि राेकिएकाे थियाे ।   

अमेरिका तथा चिनियाँ व्यापार तथा आर्थिक बिषयका लागि गठित कार्यदलले दुई देशका उच्च नेताबीच भएको सहमति कार्यान्वयनका लागि वार्ता मार्फत अघि बढ्ने विश्वास लिइएकाे छ ।