१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण १९ आइतबार १३:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग

चलचित्र साइनोलाई पिजी सर्टिफिकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ श्रावण १९ आइतबार १३:३४:००

यहि २४ श्रावणबाट प्रदर्शन हुन लागेको चलचित्र साइनोले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनो हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा चलचित्र हेर्नुपर्नेछ । 

चलचित्र साइनोले पिजी सर्टिफिकेट पाएपछि पनि निर्देशक रमेश थापाले चलचित्र सबै उमेरका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताएका छन् । उनले सेन्सर बोर्डको काम नै चलचित्र हेरेर सर्टिफिकेट दिने भएकाले यसबारेमा केहि नबोल्ने बताए । तर उनले चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको दाबी गरे । 

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ । 

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।