मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हदिश खुद्दार
२०७५ पौष २० शुक्रबार १९:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

जनकपुरधाममा मारवाडी युवा मञ्चद्वारा कम्बल र खाद्यन्न वितरण 

Read Time : < 1 मिनेट
हदिश खुद्दार
२०७५ पौष २० शुक्रबार १९:१२:००

मारवाडी युवा मञ्च जनकपुरधामले कुष्ट रोगी तथा विपन्न परिवारलाई कम्बल र खाद्यन्न वितरण गरेको छ । मारवाडी युवा मञ्च जनकपुरधामले आफ्ना स्थापना दिसवको अवसरमा जनकपुरधाम उपमहानगरपालिका रहेका १२ कृष्ट रोगि परिवारका ५० जना सदस्यलाई चामल र ५० थान कम्बल वितरण गरिएको हाे।  

त्यसैगरि, धनुषाकै विदेह नगरपालिकाको तीनकौरिया चोकमा गिद्धामा ३० जना विपन्न तथा अहसाय परिवारलाई ३० थान कम्बल र ५ किलोको दरले गहुँको पिठो वित्तरण गरिएको मञ्चका महासचिव विक्रम जैनद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।  

खाद्यन्न र कम्बल मञ्चका अध्यक्ष अभिषेक चौधरी, दिपक बजाज, विक्रम जैन, राहुल सिंघानिया, विकास जैन, विजय केजडिवाल, अजय जैन, विशाल चौधरी, सोहिल सुभाविनया, अंकित रुरगटा, अकाश मोहन, आषिश झुनझुनवाला र उमंग सिंघानिया लगायतले आर्थिक सहयोग गरेका थिए ।