मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १९ आइतबार १०:४०:००
Read Time : < 1 मिनेट
सप्तरंग

रणवीरका गार्डले माफी मागे : भाेलाराज सापकाेटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १९ आइतबार १०:४०:००

बलिउड फिल्म ‘बर्फी’मा सुपरस्टार रणवीर कपुरसँग अभिनय गर्ने मौका पाएँ । म उनको साथीको भूमिकामा छु । अभिनयका लागि मुम्बईमा थिएँ । चैतको अन्तिमतिर मुम्बईको फिल्म सिटीमा बर्फीको सुटिङ भइरहेको थियो । सुटिङका क्रममा रणवीर र म बसेर केही गफ गरौँ भन्ने सल्लाह भयो । समय मिलेको वेला मैले रणवीरसँग कुरा गर्न जाने मनशाय बनाएँ । उनी बस्ने ठाउँ पुग्दा रणवीरको गार्डले मलाई भित्र छिर्नै दिएन ।

‘म रणवीरसँगै फिल्म खेल्दै छु’ भन्दा पनि गार्डले पत्याएन । साह्रै निराश भएँ । त्यतिखेर इलियाना डिक्रुजको सिन खिचिँदै थियो । एकछिन म टोलाइरहेँ । न फर्किन सकेँ, न कन्भिन्स गर्न सकेँ । अचानक रणवीरले मलाई देखे ।

मैले ‘म रणवीरसँगै फिल्म खेल्दै छु’ भन्दा पनि गार्डले पत्याएन । साह्रै निराश भएँ । त्यतिखेर इलियाना डिक्रुजको सिन खिचिँदै थियो । एकछिन म टोलाइरहेँ । न फर्किन सकेँ, न कन्भिन्स गर्न सकेँ । अचानक रणवीरले मलाई देखे । मैले आवाज दिएपछि उनले बोलाए । रणवीरले मेरो परिचय दिएपछि ती गार्डले मसँग माफी मागे । अनि म रणवीरसँग गफिन थाले ।