Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १८ शनिबार ११:३४:००
Read Time : < 1 मिनेट
समाचार

बडीमालिका तीर्थयात्रा सुरु 

Read Time : < 1 मिनेट
२०७६ श्रावण १८ शनिबार ११:३४:००

बडीमालिका तीर्थयात्राका शुक्रबारबाट सुरु भएको छ । बाजुरामा रहेको प्रसिद्ध शक्तिपीठका लागि भक्तजनहरूले डोटीबाट तीर्थयात्रा सुरु गरेका हुन् । बडीमालिका यात्रा सुदूपश्चिम प्रदेशकै सबैभन्दा लामो अवधिको तीर्थयात्रा हो । 

बडीमालिका भगवतीको पूजाआजा गर्नका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पूजा सामग्री लिएर जाने गर्दछ । बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मेला लाग्ने गर्छ, त्यसका लागि सरकारी कर्मचारीको एक टोलीले पूजा सामग्रीको पोको लैजाने गर्दछन् । 

नेपाल एकीकरण हुनुपूर्व डोटेली राजाले यस क्षेत्रमा सरकारी पूजा सामग्री पठाउने चलन रहेको थियो । त्यसयता, नेपालमा राज्य सञ्चालन गर्ने शाहवंशीय राजा, राणाकालीन अवस्थामा बडाहाकिम तथा अहिले सरकारका कर्मचारीले पूजा सामग्री लैजाने गर्छन् । 

जिल्ला प्रशासन कार्यालय डोटीबाट निकालिएको मालिका रथयात्रालाई शैलेश्वरी मन्दिरमा तान्त्रिक विधिले पूजा गरी विशेष मन्त्रले बाँधी पूजा सामग्रीका साथ सरकारी टोलीलाई बिदाइ गर्ने गरिएको शैलेश्वरी मन्दिरका मूल पुजारी प्रेमशंकर भट्टले बताए । भगवतीका सात बहिनीमध्येमा बडीमालिकालाई कान्छी मानिन्छ । भट्टका अनुसार भगवतीको रथ यात्रामा सहभागी टोलीलाई जिल्ला प्रशासनको कार्यालय परिसरमा नेपाली सेना र नेपाल प्रहरीको एक टुकरीले सलामीसहित बिदाइ गर्ने चलन छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले प्राचीन कालदेखि नै प्रचलनलाई अनुशरण गरेर टोली पठाउने गरिएको बताए । उनले भने ‘भगवतीका विभिन्न सातवटा बहिनी शैलेश्वरी, त्रिपुरासुन्दरी, डिलाशैनी, उग्रतारा, निङलाशैनी, पूर्णागिरी र मालिकामध्ये मालिका कान्छी बहिनी रहेको र भौगोलिक रूपले टाढा भएका कारण उनलाई खुसी पार्न पूजा पठाउने गरेको किंवदन्ती छ ।’

पेटारोमा (पूजा सामग्री) सुन जनै, चाँदीको मूर्ति, छत्र बाँसुरी समेतको ऐना, काइँयो, डोली र दिपायल गुठीको धानको भुरुणी पठाउने गरिन्छ । सरकारी टोलीका लागि अछाम, बाजुरा जिल्लाको सुरक्षा समितिमार्फत सुरक्षा व्यवस्थासमेत मिलाइएको प्रजिअ पौडेलले बताए ।