मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

झापामा ट्रकको ठक्करबाट एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १६:२८:००

झापामा शुक्रबार बिहान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ । बिहान ५ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ स्थित एकता चौकमा ट्रकको ठक्करबाट दमक–१ का ४२ वर्षीय शिव लामिछानेको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख १९५७ नम्बरको ट्रकले ठक्कर दिँदा लामिछानेको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालक पाँचथर भारपा–८ बस्ने ३४ वर्षीय टेकबहादुर राईलाई प्रहरी चौकी केरखाले नियन्त्रणमा लिएको छ ।