मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १५:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कांग्रेसद्धारा मन्त्री रविन्द्र अधिकारीको राजीनामा माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २० शुक्रबार १५:०२:००

कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ । राष्ट्रियसभा बैठकमा कांग्रेस सांसद विन्दादेवी आलेले वाईडबढि विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीकाे तत्काल राजीनाकाे माग गरेकी हुन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतकाे उपसमितिले समितिमा बुझाएको प्रतिवेदन कार्यान्वयन सहज बनाउन तत्काल मन्त्री अधिकारीकाे राजीनामाकाे माग गरिन्।

बैठकमा बाेल्दै सांसद अालेले चार अरब ३५ करोड सो वाईडबडि विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो सरकारले छानवीन समिति गठन गरेकोमा अापत्ति जनाइन्।   

संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतकाे उपसमितिले वाइडबडि विमान खरिद आर्थिक घोटाला प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री अधिकारीलाई कारबाहीकाे सिफारिस गरेकाे छ ।