१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कतार
२०७६ श्रावण १७ शुक्रबार १६:५५:००
Read Time : < 1 मिनेट
प्रवास

गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा मुक्तदाको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कतार
२०७६ श्रावण १७ शुक्रबार १६:५५:००

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सन् २०१९ देखि २०२१ कार्यकालका लागि मुक्तदा मुसलमानले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । लामो समयदेखि व्यवसायसँगै सामाजिक सेवा सक्रिय रहेका उनले बिहीबार साँझ एक कार्यक्रम गरी उम्मेदवार घोषणा गरेका हुन् ।

अध्यक्षको उमेद्वारी घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवं मानार्थ सदस्य टिबी कार्की, गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कमलमणि गुरागाई, एनआरएनए आइसिसी सदस्य बिमल सुवेदी, एनआरएनए एनसिसी कतारका अध्यक्ष नवीन पोख्रेल, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनीकुमार वली, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका सहमहामन्त्री केदार भुसाल, नेपाली समाज कतारको अध्यक्ष देव परियार, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष रामहरि गैह्रे, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष दिल किरण खजुम, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलि मिया, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अहुब हक, नेपाल पत्रकार महासङ्ग कतार शाखाका अध्यक्ष करिम बक्स मिया, नेपाली महिला समाजका उपाध्यक्ष अमिना खान, प्रदेश-१ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, प्रदेश-३ समन्वय परिषद कतारका महासचिव कविन्द्र कँडेललगायतले शुभकामना मन्तव्य राख्दै निरन्तर समाज सेवामा खट्ने मुक्तदा अध्यक्ष पदको सही उम्मेदवार रहेको बताएका थिए । उनीहरूले मुक्तदाको विजयी गराउन आग्रह गरे ।

मुसलमान ुएनआरएनएु एनसिसी कतारका सल्लाहकार तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका निवर्तमान अध्यक्षसहित विभिन्न सामाजिक संस्थामा आवद्ध छन् ।