मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश रावल
२०७५ पौष २० शुक्रबार ११:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

कार्यपालिका सदस्यको पारिश्रमिकले स्वास्थ्य चौकीलाई सोलार 

Read Time : < 1 मिनेट
रमेश रावल
२०७५ पौष २० शुक्रबार ११:३०:००

जिल्लाको शुभकालिका गाउँपालिका–४ कार्यपालिका सदस्य हिरे सुनारले दुई महिनाको पारिश्रमिकबाट स्वास्थ्य चौकी रारा काटियालाई सोलार दिएका छन् । रातको समयमा काम गर्न समस्या भएपछि उनले स्वास्थ्य चौकीलाई ८० वाटको सोलार दिएका हुन् ।

रातिको समयमा स्वास्थ्य चैकीमा उपचार गर्न आउने बिरामीलाई टर्च बालेर उपचार गराउने गरिएको स्वास्थ्य चौकीका प्रमुख जयकृष्ण आचार्यले बताए । 

स्वास्थ्य चौकीको समस्या देखेर सुनारले स्वास्थ्य चैकीलाई सोलार दिएको उनले बताए । ‘स्वास्थ्य चौकीमा उज्यालो नहुँदा धेरै समस्या थियो ।’ उनले भने,‘टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता हटाउन सोलार दिएको हुँ ।’