१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पुरुषोत्तम गिरी
२०७५ पौष २० शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

Read Time : < 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ पौष २० शुक्रबार १०:४०:००

सल्यानको बागचौर नगरपालिका–२ थारमारेस्थित जनकल्याण नमुना माध्यमिक विद्यालयका शिक्षकले कुटपिट गरेर एक विद्यार्थी घाइते भएका छन् । दुईजना शिक्षकले कुटपिट गरेपछि कक्षा १० मा अध्ययनरत विशाल बस्नेत घाइते भएका हुन् । बुधबार दिउँसो विद्यालय प्रांगणमा अर्का विद्यार्थीसँग सामान्य भनाभन भइरहेकावबेला सहायक प्रधानाध्यापक तुलसीराम बस्नेत र यामबहादुर घर्तीले कुटपिट गरेको विशालले बताए । 

‘शिक्षकको कुटाइबाट घाइते भएको छ । अहिले श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको छ,’ उनका बुबा तेजबहादुर बस्नेतले भने । विशालको टाउको, छाती र पेटमा चोट लागेको उनले बताए ।  विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले शिक्षकले कुटपिट नगरेको बताए । दुई विद्यार्थीबीच भएको झगडा छुट्याउँदा सामान्य चोटपटक लागेको उनको भनाइ छ ।