१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १६ बिहीबार ०८:३८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मेरो रोजाइमा चिल्लोरहित खाना : झरना थापा

डाइट संवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १६ बिहीबार ०८:३८:००

खाना कुन कतिवेला खाने भन्ने यकिन हुँदैन । तर, हलुका खाना खाने गर्छु । मलाई घरमा पकाएको साधारण खाना नै मन पर्छ । बिहान र बेलुका दुवै समय म घरमै खाना खाने गर्छु । सामान्यतया, मलाई मन पर्ने खाना दाल–भात–तरकारी नै हो । पानी धेरै पिउने गर्छु । जसले शरीरमा ऊर्जा दिनुका साथै निरोगी बनाउन सहयोग गरेको छ ।

अत्यधिक पिरो र अमिलोे खानेकुरा सकेसम्म खान्नँ । झन् चिल्लो पदार्थ त खानामा कहिले पनि समावेश गर्दिनँ । त्यस्तै, तेलमा तारेका खानेकुरा, फास्टफुड पनि सकेसम्म कम खान्छु । त्यसैगरी, अत्यधिक क्यालोरीयुक्त अर्थात् मोटोपन बढाउन सक्ने खानेकुरा खानबाट सजग छु । माछा–मासु पनि एकदमै कम खान्छु । सकेसम्म शाकाहारी भोजन मन पर्छ । यसले पनि फिट रहन सहयोग गरेको छ ।