ग्लोबल आइएमईका ग्राहकलाई काठमाडौं भ्याली हस्पिटलमा छुट
ग्लोबल आइएमई बैंकका ग्राहकले काठमाडौं भ्याली हस्पिटलको विभिन्न सेवामा छुट पाउने भएका छन् । बिहीबार बैंक र हस्पिटलबीच भएको सहमतिसँगै ग्राहकले छुट सुविधा पाउने भएका हुन् । बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
काठमाडाैं भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रवीन्द्र ढकालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले काठमाडांै भ्याली हस्पिटलमा उपचार गराउँदा अस्पतालकोे विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।