१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १५ बुधबार १७:४३:००
Read Time : < 1 मिनेट
साहित्य

साहित्यकार गोरखबहादुर सिंह स्मृति ग्रन्थ विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १५ बुधबार १७:४३:००

साहित्यकार स्वर्गीय गोरखबहादुुर सिंहको स्मृति ग्रन्थ विमोचन भएको छ ।

विमोचन कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता बामदेव गौतम, नेकपा मसालका महामन्त्री मोनहविक्रम सिंह, पूर्वगृहमन्त्री जनार्दन शर्मा, नेकपाका नेता मणि थापा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार गोविन्द पौडेललगायतले साहित्यकार सिंहले निजामति सेवा र साहित्यिक क्षेत्रमा पुर्राएको योगदानको चर्चा गरेका थिए ।

सिंहका ११ कथासहित १७ साहित्यिक कृति प्रकाशित छन् । ग्रन्थ गोरखबहादुर सिंह स्मृति ग्रन्थ प्रकाशन समितिका तर्फबाट प्राध्यापक केशव सुवेदी, रमेश सुवेदी र डा। लेखराज खतिवडाले गरेका छन् । पुस्तकको प्रकाशकमा असीम सिंह, रमा सिंह, किरण खड्का र दीप्ति सिंह छन् ।

पुस्तक परिचय, संस्मरण, समालोचना र पत्रपत्रिका गरी चार खण्डमा लेखिएको छ । पुस्तकमा पत्नी शारदा सिंह, छोरा अमित सिंह र बुहारी सुरीति अर्याल सिंहलगायत परिवारका सदस्य र साहित्यकार गोरखबहादुर सिंहलाई नजिकबाट बुझ्नेहरुका संस्मरण छन् । सिंहको साहित्यकि कृतिमाथि समालोचना पनि पुस्तकमा समेटिएको छ । 

निजामति सेवामा लमो समय काम गरेको सिंहको २३ साउन २०६९ मा निधन भएको थियो ।