मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ श्रावण १५ बुधबार ११:०२:००
Read Time : < 1 मिनेट
प्रदेश

महोत्तरीका बाढीपीडितमा छालारोग र टाइफाइडको समस्या

Read Time : < 1 मिनेट
२०७६ श्रावण १५ बुधबार ११:०२:००

महोत्तरीमा बाढीसँगै छाला, श्वासप्रश्वाससम्बन्धी रोग र टाइफाइडका बिरामी बढेका छन् । मटिहानी नगरपालिका र मनारा–सिस्वा नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा चेकजाँच गराएका अधिकांशमा यस्तो समस्या देखिएको जनस्वास्थ्य निरीक्षक तथा महामारी स्रोतव्यक्ति सन्तोषकुमार ठाकुरले बताए । 

मटिहानीमा तीन सय ८७ र मनरा–सिस्वा नगरपालिकामा दुई सय दुई प्रभावितले स्वास्थ्य उपचार गराएका छन् । महामारी स्रोतव्यक्ति ठाकुरका अनुसार बुधबारदेखि रामगोपालपुर नगरपालिका, लोहारपट्टी नगरपालिका र महोत्तरी गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम छ । ‘अहिलेसम्म मटिहानी र मनरा–सिस्वामा शिविर आयोजना गरेका छौँ, क्रमशः अन्य स्थानीय तहमा पनि आयोजना हुनेछ,’ उनले भने ।