१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण १५ बुधबार ०७:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

शैलुङमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने

Read Time : < 1 मिनेट
२०७६ श्रावण १५ बुधबार ०७:३६:००

नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङस्थित कालापानीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माण गर्ने भएको छ । सो उद्देश्यका लागि संघलाई शैलुङ गाउँपालिकाले सदाका लागि भोगचलन गर्न पाउने गरी पाँच रोपनी जग्गा हस्तान्तरण गरेको छ । 

मंगलबार सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले गाउँसभाको निर्णयसहित संघलाई जग्गा उपलब्ध गराएको पत्र हस्तान्तरण गरेका थिए । संघले आगामी तीन वर्षभित्र सो सेन्टरको निर्माण पूरा गरिने जनाएको छ । 

यद्यपि संघले ट्रेनिङ सेन्टर कस्तो बनाउने भन्नेबारे अध्ययन हुन बाँकी रहेको जनाएको छ । संघका महासचिव दीपराज गुरुङले वैदेशिक सहयोगमा ट्रेनिङ सेन्टरको निर्माण पूरा गरिने उल्लेख गरे ।