मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १४ मंगलबार २०:००:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मीलाई शिक्षा पत्रकारिता पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १४ मंगलबार २०:००:००

यस वर्षको शिक्षा पत्रकारिता पुरस्कारबाट तीन जना नयाँ पत्रिकाकर्मी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालयको सहकार्यमा वितरण हुँदै आएको पुरस्कार तीन जना नयाँ पत्रिकाकर्मी जिल्ला संवाददाताले पाएका हुन् ।

२० हजार रुपैयाँ राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ ले गण्डकी प्रदेशबाट कमल खत्री (म्याग्दी) र सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट (कञ्चनपुर) पुरस्कृत भएका हुन् । यस्तै, १५ हजार रुपैयाँ राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ बाट शान्ता कमली (लमजुङ) पुरस्कृत भएकी हुन् । 

महासंघले यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिक काठमाडौंमा कार्यरत पत्रकार रुबी रौनियारलाई प्रदान गरेको छ । जसको राशी ५१ हजार रुपैयाँ रहेको छ । मंगलबार विशेष समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा, लैङ्गिक समानता, प्रादेशिक शिक्षा, प्रादेशिक शिक्षा प्रोत्साहन र संस्थागततर्फका पुरस्कारहरु वितरण गरे ।