मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमााडाैं
२०७६ श्रावण १३ सोमबार ११:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

ओजिलकी श्रीमतीलाई डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमााडाैं
२०७६ श्रावण १३ सोमबार ११:४२:००

यसै साता उत्तर लन्डनको व्यस्त सडकमा आर्सनलका खेलाडीद्वय मेसुट ओजिल र फिड विलियम्समाथि मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्तिले हमला गरे । सिडलको ३४ हजार पाउन्ड मूल्यबराबरको रोलेक्स घडी चोर्ने बहनामा हमला भएको प्रहरीले जनाएको छ । घटनापछि विभिन्न प्रतिक्रिया आए । अहिले त्यही घटना सम्बन्धमा ओजिलकी श्रीमती अमिने गुल्से निकै डराएकी छिन् । 

आफ्ना श्रीमान्को सुरक्षालाई लिएर उनी चिन्तित बनेकी हुन् । भविष्यमा यस्तो घटनाबाट सुरक्षित रहन उनले श्रीमान् ओजिललाई सुरक्षागार्ड राख्नुपर्ने सझुाब दिएकी छिन् । यद्यपि क्लबका खेलाडी ड्युटीमा रहँदा उनीहरूको सुरक्षा व्यवस्था हुन्छ नै । खेलाडी एक्लै बाहिर जाँदा भने क्लबका म्यानेजरसँग अनुमति लिनुपर्छ । यस्तो अवस्थामा खेलाडीका लागि सुरक्षा गार्डको व्यवस्था हुँदैन । ओजिलकी श्रीमती अमिनेले बाहिर जाँदा गार्डको व्यवस्था गर्न सुझाब दिएकी हुन् ।