१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १२ आइतबार ०७:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

लखतीर्थ पुननिर्माणका लागि महानगरको ५० लाख

Read Time : < 1 मिनेट
२०७६ श्रावण १२ आइतबार ०७:५५:००

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्रका सम्पदा पुननिर्माण र संरक्षण गर्न पैसाको कमी नभएको बताएका छन् । शनिबार बिहान महानगरको वडा १५ विष्णुमती नदी किनारामा रहेको लखतीर्थ पुननिर्माणको शिलान्यास गर्दै शाक्यले सम्पदा पुनर्निर्माणका विषयमा महानगरलाई अहसयोग भएको गुनासोसमेत गरे । 

उनले लखतीर्थ पुनर्निर्माणकाका लागि ५० लाख रुपैयाँ खर्च गरेर काम गर्ने योजना रहेको बताए । पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा लागत बढेमा थप खर्च गर्न महानगर तयार रहेको उनले बताए । लखतीर्थ शंखधर साँख्वासँग सम्बन्धित स्थान हो । यहीँबाट उठाएको बालुवामा सुन भेटेपछि बेचेर शंखधरले किसानको ऋण तिरिदिएको जनविश्वास छ । 

पुननिर्माण जनसहभागितामा आधारित हुने महानगरले जनाएको छ । पुननिर्माणको गुरुयोजना तयार पार्ने, विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र परियोजना व्यवस्थापन गर्ने काम पुनर्निर्माण समितिले गर्नेछ ।