मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अच्युतराज भण्डारी मुगु
२०७६ श्रावण ११ शनिबार ०७:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

फूलैफूलमा रारा

Read Time : < 1 मिनेट
अच्युतराज भण्डारी मुगु
२०७६ श्रावण ११ शनिबार ०७:५७:००

वसन्तको आरम्भसँगै पलाउन थालेका थरीथरीका फूलहरू यतिवेला भने राराको आँगनमा ढकमक्क फूलेका छन् । चारैतिर प्राकृतिक रूपमै फूलेका थरीथरी फूलले सुन्दर बगैँचाको झल्को दिएको छ । समथर पाटनमा रंगीबिरंगी फूलहरूले कञ्चन रारालाई पनि ओझेल पारेको भान हुन्छ ।

रारावरिपरि झन्डै एक सय प्रजातिका फूल फुल्छन् । यो फूलैफूलको मौसम भदौ अन्तिम सातासम्म रहन्छ । सुन्दरतासँगै रंगीबिरंगी फूलको सुगन्धले आगन्तकुलाई झन् लोभ्याउने गरेको छ । यस याममा रारा टेक्नेबितिक्कै चिसो सिरेटोसँगै फूलको सुगन्धसँग पनि लट्ठिन पुग्छन्, आगन्तुक ।