१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट
२०७५ मङ्सिर २९ शनिबार १९:२०:००
Read Time : < 1 मिनेट
समाचार

चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट
२०७५ मङ्सिर २९ शनिबार १९:२०:००

चाउमिन खाएर बिरामी परेका दाजुभाईको मृत्यु भएको छ । शुक्रबार बेलौरी स्थित मामाघर बिहेमा गएका कृष्णपुर नगरपालिका–३ देखतभूलीका ८ वर्षीय टेक बहादुर सुनार र १२ वर्षीय धन बहादुर सुनारको मुत्यु भएको हो ।


‘मामाघर जान हिँडेका दुवै बालकले ठुलबाबु लछी सुनारलाई चाउमिन पकाईदेउ हामी खाएर जान्छौँ भने,‘ प्रहरीलाई उदृतगर्दै आमा बिमलादेवी सुनारले भनिन् । उनका अनुसार चाउमिन खाएर दुबै जना बिरामी परे । सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र र त्यँहा उपचार नभएपछि सेती अञ्चल अस्पताल रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लग्दै गर्दा बाटोमा नै उनीहरुको मृत्यु भयो ।  उनीहरुलाई मामा चम्फा सुनारले नै अस्पताल लगेका थिए ।


ठुलबाबु लक्ष्मी सुनारकै घरमा बस्दै आएका थिए । ठुलबाबु लक्ष्मीले पकाईदिएको चाउमिन खाएर मामाघर पुग्दा बारम्बार बान्ता भएको थियो । स्थानीयको दवावपछि प्रहरीले सुनारलाई शनिबार नियन्त्रणमा लिएको छ । दुवै बालकलाई शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 


कञ्चनपुर प्रहरीले घटनामा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले घटनाको सुक्ष्म ढङ्गबाट अनुसन्धान भईरहेको बताए । बालकका बाबु छैनन् ।