१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार

निर्मला पन्त प्रकरणमा सरकारलाई मानवअधिकार आयोगको ताकेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १० शुक्रबार १६:०२:००

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गरेका सिफारिस कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई ताकेता पत्र पठाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेकै दिन शुक्रबार आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयलाई पत्र पठाएको आयोगका सचिव निर्देशक मुरारिप्रसाद खरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिता बारेमा मानव अधिकारको दृष्टिकोणबाट आयोगद्वारा अनुसन्धान गरी निर्णय कार्यान्वयन गर्न सिफारिस एवं २४ बूंदे निर्देशनसहितको पत्राचार गरेको थियो । उक्त सिफारिश कार्यान्वयन गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन भने पनि कुनै जानकारी प्राप्त नभएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन पत्र काटिएको विज्ञप्तिमा जनाएको छ ।