मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार

घ्याङडाँडामा भएको दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १९:३१:००

गत मंसिर २८ गते नुवाकाेटकाे दुप्चेश्वर १, घ्याङडाँडामा भएको मिनी ट्रक दुर्घटना परी ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरी सामुहिक श्रदाञ्जली अपर्ण गरिएको छ । शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान र दोन डुप प्रतिष्ठान नुवाकोटको आयोजनामा धुम्बाराही स्थित शंकपार्कमा बुधवार साँझ दिप प्रज्ज्वलन गरी मृतक प्रति श्रद्धाञ्जलीका साथ घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको हो । उनीहरुले घाइतेको उपचार तथा मृतकहरुका परिवारका लागि उचित सहयोगको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सो घटनाका पीडितहरुको सहयोगका लागि दोन डुप प्रतिष्ठानको तर्फबाट रु. पचास हजार सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष डिबि तामाङले जनाए । यसै गरी बुद्ध भूमि हाइड्रोपावरको तर्फबाट रु. पचास हजार र अपाङ्ग मैत्री संघको तर्फबाट रु. पाँच हजार एक सय सहयोग गर्ने जानकारी गराएका थिए । यस्तै प्रदेश ३ सरकारले घटनामा मृत्यु हुनेहरूलार्इ एक लाख रूपैयाँ राहात उपलब्ध गराउने घाेषणा गरेकाे छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, नारायण खतिवडा, नेकपा प्रदेश ३ का इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, प्रदेश सदस्यहरु केशव पाण्डे, बद्री मैनाली, पूर्व सचिव तुलसी सिटौला, सहसचिव रुद्रसिं तामाङ, शसस्त्र प्रहरीका एआइजी पुष्पराम केसी लगायतको उपस्थिति रहेका थिए । शिक्षण अस्पता महाराजगञ्जमा उपचारको क्रममा सावित्रा तामाङको भएसँगै मृत्यु हुनेको संख्या २२  पुगेको छ ।