१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केशव गुरुङ गोरखा
२०७६ श्रावण ९ बिहीबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार

गाेरखाबाट ओढारमा लुकाएर राखिएको १६ किलो सुन बरामद

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ श्रावण ९ बिहीबार १३:२६:००

उत्तरी गोरखाकाे धार्चे गाउँपालिका–३ खोर्लाबेसी ओडारबाट अवैध रुपमा लुकाएर राखिएको १६ किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मनास्लु पदमार्ग अन्तर्गत खोर्लाबेसीस्थित ओडारमा लुकाएर राखिएको सुन बिहीबार बिहान बरामद भएको हो । 

प्रहरीले भने सुनको मात्रा कति छ भन्ने यकिन नभएको बताएको छ । ओडारमा बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरिएको हो ।

सुनसँगै २७ दिनदेखि बेपत्ता रहेका यारुबगरका व्यवसायी धनकमल गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेलले ओडारमा लुकाएर राखिएको सुनसहित स्थानीय धनकमल गुरुङलाई पक्राउ गरिएको बताए । पक्राउ परेका गुरुङ खच्चर धपाउने व्यक्ति भएको खुलेको छ । बरामद सुन चीतबाट तस्करी भएको आशंका गरिएको छ ।