Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कृष्ण काफ्ले, गायक
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ९ बिहीबार १०:३७:००
Read Time : < 1 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

देख न चम्पाले बदलिएको करिअर

टर्निङ प्वाइन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ९ बिहीबार १०:३७:००

‘देख न चम्पा सुन न चम्पा’ यो गीत मेरो लाइफको टर्निङ पोइन्ट हो । प्लेब्याक सिंगरका रूपमा दबाबलगायत केही फिल्ममा गाइसकेको थिएँ । फिल्म र गीत राम्रै चले पनि म एक्सपोज हुन सकेको थिइनँ । छक्कापन्जाको गीत बजारमा आएसँगैे मेरो आवाजलाई दुनियाँले चिन्न थाले ।

संगीतकार दीपक शर्माले पहिला नै यो गीत कम्पोज गरेर राख्नुभएको थियो । यसको डमी पनि मैले नै गाएको थिएँ । यस्तैमा छक्कापन्जाको टिमलाई सुदूरपश्चिमको टिपिकल लवज आउने गीतको खोजी भएकोरहेछ । मैले दीपक सर र दीपा दिदीहरूलाई सुन्न अनुरोध गरेँ ।

उहाँहरू संगीतकारको कार्यालयमै गएर गीत सुनिदिनुभयो । कथाले मागेजस्तै गीत रहेछ भन्नुभयो । त्यसको केही दिनमै मैले यो गीत गाउने अवसर पाएँ । संगीतकार र छक्कापन्जा टिमले ममाथि विश्वास गरे । साथमा दीपा दिदीले पनि गाउनुभयो । गीत लन्च भएपछि बिस्तारै दर्शक–स्रोताले मन पराइदिनुभयो ।