१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ९ बिहीबार ०८:२०:००
Read Time : < 1 मिनेट
समाचार

दोर्दी खोलामा ६ जना अझै बेपत्ता, एकको जिवित उद्धार, चारको मृत्यु (अपडेट)

Read Time : < 1 मिनेट
२०७६ श्रावण ९ बिहीबार ०८:२०:००

लमजुङको दोर्दी खोलामा बुधबार आएको बाढीले चारजनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २ जनाको सनाखत भएकाे छ । सनाखत हुनेमा पर्साका आन्दाजी २८ वर्षीय  शिवधन चौधरी र डडेलधुराका आन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको प्रहरीले जनाएको छ ।

 बेपत्ता भएका मध्ये एक जनाकाे लुकेर बसेको अवस्थामा सकुशल उद्धार गरिएको छ ।  ६ जना अझै बेपत्ता छन् ।  ७ जना घाईते भएका छन् । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटेका छन् ।  बेपत्ताको खोजीकार्य भईरेको प्रहरीले जनाएको छ ।