मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ८ बुधबार १३:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्यालय स्तरबाट शिक्षासँगै खेलाडी उत्पादन  गर्नुपर्छ : सदस्य सचिव सिलवाल 

Read Time : < 1 मिनेट
२०७६ श्रावण ८ बुधबार १३:२४:००

प्युठानमा आउँदो मंसिरमा राष्ट्रिय स्तरको भलिबल खेल सञ्चालन हुने भएको छ । जिल्लामा खेलक्षेत्रको विकासका लागि भलिबल खेलको आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले बताएका छन् । राष्ट्रिय स्तरको  भलिबल खेल सञ्चालनको लागि जिल्ला अध्यक्ष श्याम थापालाई आग्रह गर्दै उनले खेलको लागि आवश्यक सहयोग  राष्ट्रिय खेलकुद परिषदले गर्ने बताएका छन् । 

साथै उनले खेलाडी उत्पादन हुने स्थान विद्यालय भएकाले विद्यलयबाट शिक्षासँगै खेलाडी पनि उत्पादन गर्नुपर्ने बताए । बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको आयोजनामा भएको कार्यक्रममा उनले बालबालिकालाई पढाईसँगै खेलकुदमा प्रेरित गरिनुपर्ने बताए । उनले  शिक्षासँगै खेलाडी उत्पादनको लागि आफ्नो कार्यकालमा योजना बनाएर अगाडि बढेको बताए ।  

नेपालमा खेलकुदको विकासका लागि कर्मचारी व्यवस्थापन, प्रशिक्षकको व्यवस्थापन, खेलमैदानको व्यवस्थापन, खेल कोचको व्यवस्था लगायतको कामलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने योजना रहेको उनले बताए । कर्मचारी अभावका कारण विभिन्न जिल्लाका खेलकुद कार्यक्रमहरु अघि नबढेको बताउँदै उनले अब स्थायी माध्यमबाट कर्मचारी पठाउने योजना रहेको बताए  ।

उनले खेल क्षेत्रको विकासको लागि केन्द्र, प्रदेशसँगै स्थानीय तहबाट पनि बजेटको विनियोजन हुनुपर्ने बताए ।