१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ श्रावण ७ मंगलबार ११:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

आठ महिनापछि विद्युत् सञ्चालन

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२५:००

त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित खातीखोला लघु जलविद्युत् आयोजना आठ महिनापछि सञ्चालनमा आएको छ ।  नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको सहयोगमा नहर मर्मत गरिएपछि जलविद्युत् आयोजना सञ्चलानमा आएको हो । यसमा कार्यक्रमको १८ लाख र त्रिपुरासुन्दरी नगरपालिकाको पाँच लाख खर्च भएको जनाइएको छ । पहिरोले विभिन्न ठाउँमा क्षति पु-याएपछि आयोजना बन्द भएको थियो । 

विद्युत् आपूर्ति सुरु भएसँगै खदाङ, फुल्चिङ, ल्हाँ, पालङलगायत गाउँका बासिन्दालाई सहज भएको छ । यसबाट त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ र ६ का सात सय ३२ परिवार लाभान्वित भएका छन् ।  यो आयोजना ०६६ मा निर्माण सुरु भएको थियो ।

८० किलोवाट क्षमताको आयोजनाबाट ०७४ देखि बत्ती बाल्न थालिएको थियो । उक्त अयोजना चार करोडमा निर्माण गरिएको थियो ।  त्रिपुरासुन्दरी–६ का वडाध्यक्ष धर्मजित बोहराले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नहर पुनर्निर्माण तथा मर्मत गरेकाले आयोजना सञ्चालनमा आएको बताए ।