मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
 नयाँ पत्रिका टीकापुर
२०७६ श्रावण ७ मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
प्रदेश

हँसिया प्रहारबाट बुबाको मृत्यु

Read Time : < 1 मिनेट
 नयाँ पत्रिका टीकापुर
२०७६ श्रावण ७ मंगलबार ११:२०:००

कैलालीको घोडाघोडी नगरपालिका–११, सिसैयाका एकजनाले धारिलो हतियार प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् भने आक्रमणबाट आमा गम्भीर घाइते भएकी छिन् । ५५ वर्षीय उदय रावतले आइतबार राति १२ बजेतिर  हँसिया प्रहार गरी ७५ वर्षीय बुबा काल्चे रावतको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छोराको आक्रमणबाट बच्न घाइते अवस्थामै भागेर नजिकैको खेतबारीमा पुगेका उनको त्यहीँ मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनको टाउकोसहित शरीरका विभिन्न भागमा हतियारले काटिएको चोट रहेको प्रहरीले जनाएको छ । 

छोरा उदयको हँसिया प्रहारबाट ७० वर्षीया आमा  नन्दा गम्भीर घाइते भएकी छिन् । स्थानीय घोडाघोडी अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । उनको टाउको, घाँटी र खुट्टामा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । 
आमा–बुवाले रक्सी नखाऊ भनेर सम्झाउँदा छोराले आक्रमण गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । उदय रक्सी खाएर राति अबेर घर गएका र वृद्ध आमाबुबाले ‘रक्सी किन खान्छस्’ भनेर सम्झाउँदा   आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘सधैजसो रक्सी खाने उदयलाई रक्सी नखाऊ भनेर आमाबुबाले सम्झाउने रहेछन् । त्यसदिन पनि रक्सी खाएर अबेर राति घर गएका उनलाई आमाबुबाले सम्झाउन खोजे,’ प्रहरी नायब उपरीक्षक बस्नेतले भने, ‘आमा–बुबाले सम्झाउन खोज्दा  हँसिया प्रहार गरेको खुलेको छ ।’ स्थानीयका अनुसार आमाबुबाका उनी एक्ला छोरा हुन् । उदयका तीन छोरा छन् । दुईजना वैदेशिक रोजगारका लागि विदेश छन्  र एकजना गाउँमा अलग्गै बस्ने गरेका बताइएको छ । हत्या गरी भाग्दै गरेका उदयलाई बिहान ३ बजेतिर इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको छ ।