मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण ७ मंगलबार ११:२२:००
Read Time : < 1 मिनेट
समाचार

घरको छत खस्दा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ११:२२:००

हिलिहाङ–७ भारपामा निर्माणाधीन घरको छत खस्दा दुईजनाको मृत्यु भएको छ । सोमबार बिहान सटिङ गरेको छतबाट काठ निकाल्ने क्रममा छत खसेर थिच्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।  

स्थानीय ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको मृत्यु भएको हो । छत अड्याउन प्रयोग गरिएको काठ निकाल्न गएका चारमध्ये दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी अनिल पौडेलले जानकारी दिए ।

घटनामा ५१ वर्षीय वीरप्रसाद राई घाइते भएका छन् । १९ दिनअघि घरको छत ढलान गरिएको थियो । गाउँपालिकाका प्रवक्ता मदन गौतमले बालुवा, सिमेन्ट र रडको तलमेल नमिलेकाले निर्माणाधीन भवन भत्किएको बताए ।