मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ११:०८:००
Read Time : < 1 मिनेट
नयाँCity

सपना देख्नेको सहर कीर्तिपुर

अलाइभ ग्लाइडर, उद्यमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ११:०८:००

मेरो बसोवास कीर्तिपुरमा छ । यो शान्त र सफा पनि छ । यहाँ केही गर्छु भन्ने सोच र अठोट बोकेर आएका मान्छे बस्छन् । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी बस्ने थलो हो, कीर्तिपुर । उनीहरू केही योजना बोकेर आएका हुन्छन् । कीर्तिपुरमा प्रत्येक दिन भेटिने मानिसमा केही न केही सोच, सपना र अठोट हुन्छ । यो ऐतिहासिक स्थल पनि हो । 

मलाई दरबारमार्ग भिआइपी लाग्छ । त्यहाँ पुगेपछि भव्य सहरभित्र छिरेको अनुभव हुन्छ । दरबारमार्ग सफा र सुन्दर छ । फराकिलो पनि छ । त्यहाँ पुगेपछि एउटा स्टान्डर्ड मेन्टेन गर्नुपर्छ भन्ने भान हुन्छ ।

रत्नपार्क, ठमेल, बसपार्कतिर हिँड्ने मान्छे पनि दरबारमार्ग पुगेपछि संयमित हुन्छन् । मलाई पनि दरबारमार्ग छिरेपछि खाँदा, बोल्दा, हिँड्दा हरेक कुरामा ध्यान दिनुपर्छजस्तो लाग्छ । ठाउँले पनि मान्छेको माइन्डसेट परिवर्तन गरिदिन्छ । त्यहाँ लफडा हुँदैन । सरसफाइमा पनि ध्यान दिइएको छ ।