फुटबलमा मेरो रुचि सानैदेखिको हो । मलाई फुटबलबाहेक अरू पेसामा लाग्ने सोच नै आएन । जसरी पनि फुटबलर बन्नु थियो । तर, मेरो जिल्ला (तेह्रथुम)मा अहिलेसम्म फुटबल संघ छैन । त्यसैले, फुटबलर बन्नेमा आफैँलाई पनि शंका लाग्थ्यो । फुटबलप्रतिको लगावले गर्दा गाउँ, जिल्ला हुँदै अहिले एपिएफ क्लबमा छनोट भएँ । राष्ट्रिय टिममा समेत पर्न सफल भएँ ।
यदि, फुटबलर नभएको भए म पक्कै समाजसेवी बन्थेँ । मलाई विशेषगरी वृद्धावृद्धाको सेवा गर्न मन लाग्छ । गरिब, दुःखी आमाबुबा देख्दा केही गरौँ भन्ने लाग्छ । उहाँहरूलाई देख्दा आफ्नै आमाबुबा, हजुरबा–हजुरआमाको याद आउँछ ।
असहाय वृद्धवृद्धाका लागि केही गर्न पाए हुन्थ्यो भन्ने छ । मन हुँदाहुँदै पनि सेवा गर्ने अवसर मिलेको छैन । बिरामीका लागि चन्दा उठाएको वेला भने मैले सहयोग गरेकी छु ।
अहिले फुटबलमै व्यस्त हुन्छु । अभ्यास गरिरहनुपर्छ । फुर्सद हुँदैन । कतै दुःख पाएको आमाबुबा देख्दा भावुक हुन्छु । तत्काल उहाँहरूलाई केही गर्न सक्ने अवस्था पनि हुँदैन । थोरै आर्थिक सहयोग गर्न त सकिएला, तर त्यसले उहाँहरूको दीर्घकालीन समस्या हल हुँदैन ।
असहाय वृद्धवृद्धका लागि केही गर्न पाए हुन्थ्यो भन्ने छ । मन हुँदाहुँदै पनि सेवा गर्ने अवसर मिलेको छैन । बिरामीका लागि चन्दा उठाएको वेला मैले पनि सहयोग गरेकी छु । त्यसरी सहयोग गर्न पाउँदा खुसी लाग्छ । अब कुनै दिन वृद्धावृद्धालाई पनि सहयोग गर्नेछु ।