Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
डा. गणेश राई बालरोग विशेषज्ञ कान्ति बालअस्पताल
२०७६ श्रावण ७ मंगलबार १०:४३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

सजिलै सर्छ दादुरा

Read Time : > 1 मिनेट
डा. गणेश राई बालरोग विशेषज्ञ कान्ति बालअस्पताल
२०७६ श्रावण ७ मंगलबार १०:४३:००

दादुरा सरुवा रोग हो, जुन संक्रामक भाइरसका कारण हुने गर्छ । दादुरा संक्रमित व्यक्तिबाट अन्यमा सजिलै सर्ने गर्छ । सँगै बस्दा, छुँदा, कुराकानी गर्दा, हाच्छिउँ गर्दा र स्वास फेर्दासमेत एक–अर्कामा सर्छ । यो निकै कडा खालको हुन्छ । दादुराबाट बालबालिका बढी प्राभावित हुने गर्छन् । हाल नेपालमा भने एकदमै थोरै बच्चा मात्र दादुराबाट प्रभावित भएको पाइन्छ । विशेषगरी कुपोषण र प्रतिरोधी क्षमता कम भएका बालबालिका दादुराबाट बढी प्रभावित हुने गर्छन् ।

लक्षण  

  •  भाइरसको संक्रमण भएको करिब ७ देखि १० दिनसम्म यसको कुनै पनि लक्षण देखिँदैन । यसलाई एक्स्क्लुसन पिरियड भनिन्छ । सुरुवाती चरणमा बच्चामा ज्वरो आउने, आँखा रातो हुने तथा रुघा लाग्छ । यस्ता लक्षण देखिएको करिब चार दिनपछि शरीरमा मसिना बिमिरा देखापर्छन् । धेरैजसोमा निमोनिया हुने गर्छ । जसका कारण बच्चाको मृत्यु हुने सम्भावना धेरै हुन्छ । 
  •  यसबाहेक दिमागमा असर पारेर एन्सेफ्लाइटिस हुन्छ । मुटु, नसा र दिमागमा निकै असर पु-याउँछ ।
  •  शरीरमा बिबिरा आउनेबित्तिकै कतिपयले दादुरा भएको अनुमान लगाउने गर्छन् । सामान्य बिबिरा आउनु दादुरा नभई अन्य कुनै समस्याको लक्षण पनि हुन सक्छ ।  

बच्चालाई ९ र १५ महिनाको उमेरमा दुईपटक एमआर भ्याक्सिन दिइन्छ । उक्त खोप लगाइसकेपछि दादुरा भइहाले पनि कडा खालको हुँदैन । 

रोकथाम 

  •  सरकारले दादुराविरुद्ध खोप लगाउने व्यवस्था गरेको छ । दादुरा र रुबेलाविरुद्ध हाल एमआर भ्याक्सिन दिइन्छ । एकपटक उक्त खोप लगाउँदा करिब ९० प्रतिशत दादुरालाई नियन्त्रण गर्न सकिन्छ । तसर्थ, बच्चालाई ९ र १५ महिनाको उमेरमा गरी दुईपटक एमआर भ्याक्सिन दिइन्छ । उक्त खोप लगाइसकेपछि दादुरा भए पनि कडा खालको हुँदैन । 
  •  सामान्यतया दादुराबाट बच्चा बढी प्रभावित हुन्छन्, अपवादको रूपमा अन्य उमेर समूहमा पनि यो देखिन सक्छ । यदि अन्य उमेरका मानिसलाई दादुरा भएमा त्यो निकै जटिल खालको हुन्छ । 


उपचार

  •  दादुराको शंका लागेमा वा लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ । दादुरा भए÷नभएको रगतको परीक्षणबाट पत्ता लगाउन सकिन्छ । 
  •  भिटामिन ए खुवाइन्छ । निमोनियाबाट बच्न एन्टिबायोटिकको प्रयोग गरिन्छ । बच्चालाई प्रशस्त मात्रामा पौष्टिक खानेकुरा खान दिनुपर्छ ।