मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ श्रावण ७ मंगलबार ०९:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

कालो पट्टी लगाएर खेल्दा प्रतिबन्ध

तपाईंलाई थाहा छ ?

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०९:५३:००

२००३ को एकदिवसीय क्रिकेट विश्वकपमा जिम्बावे पनि सहभागी थियो । त्यतिवेला जिम्बावेका खेलाडीले कालो पट्टी बाँधेर मैदानमा प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये दुई खेलाडी आजीवन प्रतिबन्धमा परे । खेलाडीले राष्ट्रपति रोबर्ट मुगावेको विरोध जनाउँदै कालो पट्टी लगाएका थिए ।

मुगावेले १९८८ देखि २०१७ सम्म निरंकुश शासन गर्दा उनका विरोधी कारबाहीमा परे । विश्वकपमा राष्ट्रपति शासनविरुद्ध सिनियर खेलाडीद्वय एन्डी फ्लावर र हेनरी ओलांगाले कालो पट्टी बाँधेर चर्को विरोध गरेका थिए । खेलपछि पत्रकार सम्मेलनमा उनीहरूले जिम्बावेमा लोकतन्त्रको हत्या भइरहेको जनाए ।

यसैकारण आफूहरूले विरोधस्वरूप कालो पट्टी बाँधेको स्पष्ट पारे । यस घटनासँगै सरकारले यी दुई खेलाडीलाई आजीवन क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । विश्वकप क्रिकेट इतिहासमै पहिलोपटक आफ्नै राष्ट्रपतिविरुद्ध मैदानमै कालोपट्टी बाँधेर विरोध गरियो ।