१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार

गुल्मीको सत्यवति गाउँपालिकामा पहिरो जाँदा ६ को मृत्यु, २ घाइते, ५ बेपत्ता

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०९:०६:००

गुल्मीकाे सत्यवति गाउँपालिकाको लिम्घा र ठुलो लुम्पेकमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् ।  पहिरोमा परि सत्यवति गाउँपालिका ४ लिम्घा भिरकुनाका तीन घर पुरिएको वडाध्यक्ष दान बहादुर रानाले बताए ।

दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए । तीन घरबाट अहिलेसम्म चार जनाको शव फेला परेको रानाले बताए । बाँकी पाँच जना बेपत्ता भएका छन् । शवको पहिचान भने नभएको वडाध्यक्ष रानाले जानकारी दिए ।

यसैगरी सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण लुम्पेकका तिल कुमारी तरामु र दर्शन तरामुको पुरिएर ज्यान गएको वडाध्यक्ष रुक बहादुर रानाले बताए । तरामुको दुई छोरी घाइते भएका छन् ।

दुवै स्थानमा स्थानीयहरुले उद्धार गरिरहेको र जिल्लाबाट सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुग्न थालेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।  विभिन्न स्थानमा पहिरो गएर बाटो अवरुद्ध भएकाले पुग्न निकै समस्या परिरहेको सशस्त्र प्रहरी वल गुल्मीका डिएसपी दिनेश रायमाझीले जानकारी दिए ।