मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग

अलग लुक्समा गल ग्याडोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५२:००

२०१७ मा रिलिज भएको सुपरहिट फिल्म वन्डर वुमनको अर्को सिक्वेल बन्ने कुराले लामो समय चर्चा पायो । आउन लागेको नयाँ सिक्वेलको नाम वन्डर वुमन १९८४ रहेको छ । यस फिल्ममा हलिउड अभिनेत्री गल ग्याडोट मुख्य भूमिकामा देखिँदै छिन् । 

लामो समयदेखि फिल्मको सुटिङ चलिरहेको छ । यसैबीच, फिल्मका विभिन्न लोगो बाहिर आएका छन् । यद्यपि, महिला सुपरहिरो ग्याडोट कुन लोगोमा देखिन्छिन् भन्ने लिक भएको छैन । यतिचाहिँ पक्का भएको छ, उनी अलग–अलग लुक्समा देखिनेछिन् । फिल्मका चार लोगो डिसी फिल्मस्ले ट्विटरमा सार्वजनिक गरेको छ । वन्डर वुमनको पहिलो सिक्वेललाई खुबै रुचाइएको थियो भने फिल्मले बक्स अफिसमा पनि धमकेदार कलेक्सन गरेको थियो ।