मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग

अनुपविक्रमसँग नेगेटिभ भूमिका गर्न मनपर्छ : हर्षिका श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:४३:००

मलाई नायक अनुपविक्रम शाहसँग स्क्रिन सेयर गर्ने इच्छा छ । उहाँसँग रोमान्सभन्दा बढी सस्पेन्स फिल्ममा खेल्न मन छ । त्यो पनि दुवै उस्तै फटाहा, एक–अर्कालाई झुक्याउने भूमिका होस् । दुवैका लागि त्यो च्यालेन्जिङ होस् । र, पूरै रफ क्यारेक्टर होस् ।

उहाँसँग म पहिलो भेटमै प्रभावित भएकी थिएँ । सायद ‘हँसिया’ फिल्मको वेला हुनुपर्छ । सो फिल्म सफल रहोस् भनेर उहाँलाई मैले शुभकामनासमेत दिएकी थिएँ । मुखौटा फिल्ममा मेरो भूमिकाको बारेमा पनि उहाँले जानकारी दिनुभएको थियो । उहाँ कलाकारलाई प्रोत्साहन गर्ने मान्छे हो । यसमा मलाई खुसी लाग्छ । 

उहाँ मोडलिङबाट आएको कलाकार हो । मलाई उहाँ साह्रै ह्यान्डसम लाग्छ । अभिनयमा मिहिनेती उहाँ बोल्ड क्यारेक्टरमा पनि उत्तिकै जम्नुहुन्छ । साथै, उहाँको भ्वाइस दमदार र वेटी छ, जो फिल्मका लागि आवश्यक छ ।