मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०७:३१:००
Read Time : < 1 मिनेट
खेलकुद

सुशील बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०७:३१:००

नेपालका सुशील थापा पाकिस्तानी खेलाडी इर्द उल्लाईलाई पराजित गर्दै थाइल्यान्डमा सञ्चालन भइरहेको खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । ४९ केजी लाइट फ्लाइट तौलमा नेपाल आर्मीमा आबद्ध मुक्केबाज सुशीलले पाकिस्तानी मुक्केबाज इर्दलाई दोस्रो चरणको दोस्रो मिनेटमै आरएससीका आधारमा हराउँदै अन्तिम आठमा स्थान पक्का पारेका हुन् ।

सुशीलले दोस्रो राउन्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउन्ट सुरु भएको थियो । लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाईलाई एकै राउन्डमा तीनपटक काउन्टको धरापमा पारेका थिए । 

अन्तर्राष्ट्रिय बक्सिङ संघको नियमअनुसार एउटै राउन्डमा तीनपटकसम्म काउन्ट पाएपछि मुक्का खाएका खेलाडीलाई रेफ्रीले खेल रोक्दै विपक्षीलाई विजयी गराउने नियम छ । नेपालमा हुने १३औँ सागको तयारीका लागि नेपाल बक्सिङ संघले दुई सातादेखि सात महिला र १० पुरुषलाई थाइल्यान्डमा वैदेशिक प्रशिक्षणमा राखेको छ ।