मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ७ मंगलबार ०६:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

युएन मिसनमा १० वर्षमा पाँच हजार नेपाली सैनिक थपिने

कहाँ कति शान्ति सैनिक ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण ७ मंगलबार ०६:१३:००

नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा १० हजार सेना पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म पाँच हजार ७४ जना सैनिक मात्रै खटिएका छन् । डेढ सय सैनिकको एउटा कम्पनी राष्ट्रसंघले बोलाएको ६० दिनभित्र तैनाथ हुने गरी पाँचखालमा तयारी अवस्थामा छ । सेनाले आगामी दश वर्षमा पाँच हजार सैनिक पठाउने लक्ष्य लिएको छ । हाल १२ शान्ति मिसनमा पाँच हजार ७४ जना नेपाली सैनिक कार्यरत छन् । यीमध्ये २०५ जना महिला छन् ।

सैनिक चार हजार नौ सय ११ जना, पर्यवेक्षक ४३ जना र स्टाफ अफिसर १२० जना छन् । ‘हामीले संयुक्त राष्ट्रसंघको आग्रहमा १० हजार सैनिक शान्ति स्थापक मिसनमा पठाउन प्रतिबद्धता जनाएका छौँ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले भने, ‘फौज र तालिमका हिसाबले तयार छौँ, तर सैन्य सामग्री बन्दोबस्तीका सामानको प्रबन्ध जुटाउन अप्ठेरो छ ।’ उनले सेनाको भिजन ०३० अनुसार आगामी दश वर्षमा थप पाँच हजार थप शान्ति सैनिक पठाउने तयारी भइरहेको जानकारी दिए । 

 ५१ वर्षमा सवा लाख सैनिक
नेपालले सन् १९५५ मा राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । १९५८ देखि नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा पर्यवेक्षक पठाएर पहिलोपटक सहभागी भएको हो । त्यसयता हालसम्म एक लाख २६ हजार पाँच सय चार जना सैनिक ४३ वटा शान्ति मिसनमा खटिएका छन् । मिसनका क्रममा ६५ जना सैनिकले ज्यान गुमाएका छन् भने ६६ जना अपांगता अवस्थामा छन् । सेनाले सन् १९७३ देखि इजरायल र इजिप्टको सीमा साइनाईमा फौज पठाएको थियो । पहिलोपटक युएन मिसनमा सेनाको पुरानो गोरख गण गएको थियो । 

 तयारी हालतमा विशेष फोर्स    
संयुक्त राष्ट्रसंघीय आह्वान आएलगत्तै शान्ति मिसनमा खटिन सेनाको विशेष फोर्स पाँचखालमा तयारी अवस्थामा छ । सैनिक प्रवक्ता पाण्डेका अनुसार डेढ सयजनाको विशेष फौज (र्‍यापिड डिप्लोयमेन्ट लेभल–आरडिएल) तयारी अवस्थामा छ । ‘आवश्यक परेका वेला परिचालित गर्ने गरी राष्ट्रसंघसँग लिखित सम्झौता भइसकेको छ,’ पाण्डेले भने, ‘राष्ट्रसंघले आग्रह गरेको ६० दिनभित्रै विशेष फोर्स परिचालित हुनेछ ।’

कहाँ कति शान्ति सैनिक ?
कंगो : ८९५
दक्षिण सुडान : १७४५
लेबनान : ८७२
माली : १५८
सिरिया : ३३४
सेन्ट्रल अफ्रिकन रिपब्लिक : ७३६
इराक : ७७
लिबिया : २३०
सुडान : १७
पश्चिम सहारा : ७
इजरायल : ३