Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ श्रावण ७ मंगलबार ०६:२०:००
Read Time : < 1 मिनेट
समाचार

भुक्तानी दिएलगत्तै भत्कियो धर्मशाला भवन

Read Time : < 1 मिनेट
२०७६ श्रावण ७ मंगलबार ०६:२०:००

नरहरिनाथ गाउँपालिका–५ बडिमालिकास्थित पत्तागाडे धर्मशाला भवन निर्माण सम्पन्न नहुँदै भत्केको छ । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन क्षेत्रको विकास गर्न ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको धर्मशाला भवनको भुक्तानी दिएलगत्तै भत्किएको हो । कमजोर संरचनाका कारण उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो ।

नरहरिनाथ गाउँपालिका–५ का स्थानीय सर्पबहादुर बोगटीले पर्यटन मन्त्रालयले बडिमालिका जाने यात्रुको सहजताका लागि निर्माण गरिएको धर्मशाला भवन कमजोर संरचनामा बनाइएकाले भत्किएको बताए । ‘भवनको पैसा भुक्तानी भएको जानकारी पाएको छु,’ उनले प्रश्न गरे, ‘भवन राम्रोसँग नबनाई कसरी भुक्तानी गरियो ?’ 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्राविधिक लवराज शाहीले भवन संरचना निर्माणको काम अझै बाँकी रहेको बताए । उनले केही काम बाँकी भएकै अवस्थामा उपभोक्ता समितिको खातामा पैसा हालिसकिएको जानकारी दिए । ‘सामान्य मर्मतको काम बाँकी थियो,’ उनले भने, ‘उपभोक्ता समितिको खातामा हालिसकेका छौँ ।’