मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण ६ सोमबार २०:१८:००
Read Time : < 1 मिनेट
समाचार

विषादी प्रकरणमा सरकारको राष्ट्रवाद उदाङ्गो भयो : डा.कोइराला

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण ६ सोमबार २०:१८:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले तरकारीमा विषादी प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद उदाङ्गो भएको बताएका छन् । चुनावका बेला राष्ट्रवादका नारा लगाएर प्रधानमन्त्री बनेका ओली अहिले राष्ट्रियता कमजोर बनाउने खेलमा लागेको उनले आरोप लगाए ।

‘एकातिर राष्ट्रियता कमजोर बन्दै छ,’ वालिङमा सोमबार आयोजित ३७ औं विपि स्मृति दिवसमा कोइरालाले भने, ‘अर्कोतिर भष्ट्रचारले देशलाई खोक्रो बनाएको छ ।’

भष्ट्रचारलाई शुन्यमा झार्ने घोषणा गरेका प्रधानमन्त्रीले वाइडबडी जहाज काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, गुठी विधयेक, बालुवाटार जग्गा प्रकरणमा भएको भष्ट्रचार छानबिन गर्न समितिसम्म नबनाउनुले शंका उब्जाएको उनले बताए । ‘छानबिन गर्न डराउनुको कारण के हो ?’ उनले प्रश्न गरे । कम्युनिष्ट सरकारले विस्तारै विधयेकमार्फत नागरिकको स्वतन्त्रता र अधिकारमाथि अंकुश लगाउन खोजेको आरोप कोइरालाले लगाए । 

प्रधानमन्त्रीको काम गराइ हेर्दा देश चलाएका छन कि बाह्य शक्तिले चलाएको भन्ने ठम्याउन गाह्राे भएको उनले बताए । ‘विषादी तरकारी नेपाल पठाउने भारतसँग सरकारले किन प्रतिकार गर्न सक्दैन ?’ उनले प्रश्न गर्दै भने, ‘उल्टै जनतालाई ढाटेर भारतले पत्र नै नपठाएको भन्नु लज्जास्पद हो ।’